Press Release by C P Sharma, Press Advisor to Chief Minister of Sikkim
On 14th of June 2022
स्वास्थ्य क्षेत्रमा वर्तमान सरकारले गरेको काम माथि पूर्व मुख्यमन्त्री पवन चाम्लिङले दिएको बयानको एसकेएमले गर्यो खण्डन !
चाम्लिङको बयान उनको पच्चीस वर्षको लाज पचनी मात्रै रहेको भन्दै चाम्लिङ पट्टि खनिए एसकेएम प्रवक्ता सीपी शर्मा !!
स्वास्थ्य क्षेत्रमा वर्तमान सरकारले गरेको काम माथि पूर्व मुख्यमन्त्री पवन चाम्लिङले दिएको बयान उनको पच्चीस वर्षको लाज पचनी मात्रै हो रहेको एसकेएम पार्टीका प्रवक्ता एवं साहित्य प्रभारी सीपी शर्माले बताएका छन् । उनले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर उक्त बयान दिएका हुन् । काँटी नभएको माचिसको खोल जस्तो अस्पताल उठाएर रिबन काट्न र आफ्नो नामको प्लेट टाल्न हतारो भएका पवन चाम्लिङले अहिले वर्तमान सरकारले उनको कार्यकालमा बनाएका पूर्वाधारको सम्म रक्षा गर्न नसकेको दाबी गर्नु भनेको जनताको मन जित्न खोजिएको झिनो प्रयास मात्रै रहेको उनको भनाइ छ । एसकेएम पार्टी जान्दछ कि, कुनै पनि विषयमा उत्कृष्टता हासिल गर्न त्यसका निश्चित तरिकालाई अप्नाउन पर्छ भनेर । वर्तमान सरकारले गर्न लागेको विकासका खेती मौलाउन थालेको समय एसडिएफको बेइमानी प्रवृति नाङ्लोबाट भूस छिन्किएर किनारा लागेपछि पवन चाम्लिङ स्वयंले वर्तमान सरकारको आलोचना र दोष खोज्न समय खर्चिएको देख्दा ” बाघ बूढो भएपछि फट्याङ्रा टिप्छ” भन्ने उक्ति सत्य बनाउन पुगेका छन । 50 वटा नि: शुल्क मेडिकल सिट वर्तमान सरकारले उपलब्ध गराएपछि र ती विद्यार्थीहरुले मुख्य मन्त्रीलाई हृदयबाट सम्मानित गरेको देख्दा मुर्छित बनेका पवन चाम्लिङ त्यो पचासवटा सीट एसडिएफको कार्यकालमा भएको भन्दै बेशरम आलाप फिँजाउन लागेका हुन । यदि त्यतिको साहस रहेको भए किन 2019 पुर्व नै त्यो सुबिधा उपलब्ध गराउन सकेनन ? भनी शर्माले प्रश्न तेर्स्याएका छन् ।
वर्तमान सरकारले स्वस्थ्य क्षेत्रमा निर्वाह गरिरहेको भुमिका अनुरुप — पूर्ण सुबिधायुक्त्त तीन सय पलङ्युक्त्त अस्पताल सोकेथाङमा , तीन सय पलङयुक्त्त अस्पताल सिङताममा , एक सय पलङयुक्त्त अस्पताल सोरेङमा ,जिल्ला अस्पतालहरुमा विशेषज्ञहरूको नियुक्ति सितै डाइलसिस केन्द्रहरुको स्थापना , क्यान्सर पीडितहरूका निम्ति रेडिएशन केन्द्र , एसटिएनएम अस्पतालमा भाइरल टेस्टिङ ल्याबको स्थापना ,तथा गान्टोक पर्तिर गेजिङ्ग र नाम्ची अस्पतालमा दस दसवटा ( ICU) सघन उपचार कक्षको स्थापना , गान्टोक , नाम्ची , गेजिङ्ग , सिङ्ताम , मंगन आदि अस्पतालहरुमा अक्सिजन प्लान्टको स्थापना जस्ता यावत विषय यो छोटो समय वर्तमान सरकारले निर्माण गरेको देख्दा आत्तिएका पवन चाम्लिङले सबै उनकै पालामा भएको ठान्नु उनको उमेर बिर्सेको छट्पटाहट मात्रै मान्छ वर्तमान सरकार अनि, अहम र आडम्बरी पट्टी र अरुले लगाएको सूनलाई पित्तल देख्ने अँध्यारो चेस्मा खोलेर आउँने सल्लाह राख्दछ भनी उनलेे विज्ञप्तिमा जनाएका छन् । दिन प्रतिदिन एसडिएफ पार्टी सकिँदै गरेको देखेर हतास पवन चाम्लिङ आजकल उनको मथिंगलको उकुसमुकुस र छ्टपटाहट वर्तमान सरकारमाथी थोप्ने काममा लागेकाछन ।
भौतिक सुखमा लिप्त हुने र स्वार्थी प्रवित्तिलाई प्रश्रय दिन पल्किएपछी मानिसले अरुको काम धमिलो देख्नु स्वाभाविक हो । अस्पतालको खोलमात्र रंग्याएर फुइँ लडाउने पूर्व सरकार र तत्कालीन मुख्य मन्त्री पवन चाम्लिङलाई साधारण डाइलसिससम्म सिक्किममा हुन नसक्दा आफ्नो जमीन- बारि धितोमा राखेर , सून र चाँदीका गरगहना सम्म बन्दक राखेर उपचार गर्न विवश जनताका पीरका डोबहरु अझै आलै रहेको बिर्से जस्तो गर्दै वर्तमान सरकारमाथी दोष थुपार्ने काम र जनतामा साखिलो हुनु भनेको मुखुण्डो फेराइको पोख्त सबुत हो। जनतालाई पच्चीस वर्ष एसडिएफले जस्तो केवल नारा दिन होइन सहारा दिन आएको छ वर्तमान सरकार । पि एस गोले नेतृत्वदायी सरकार जनता निरोगी रहनु भनेको राज्य स्वस्थ रहनु हो भन्ने धारणा लिएर आएको सरकार हो । बिमारी बोकेर दिनैपर्छ मधेसतिर एम्बुलेन्सले हुइँकिन परेको छैन पूर्व सरकारमा जस्तो । विशेषज्ञहरूको नियुक्ति पछि अहिले जिल्ला अस्पतालहरुमा सफलतापुर्बक शल्यक्रिया भएर बिरामीहरु निको भएर घर फर्केको पनि हेरुन पवन चाम्लिङले भन्ने सुझाव छ । वर्तमान सरकार समस्या उत्पन्न गर्न होइन , समस्याको समाधान गर्न आएको सरकार हो , बुझ्नु पर्छ ।
तीन वर्ष मात्रै पुगेको वर्तमान सरकार , पच्चीस वर्ष सिङ जुरो पलाएको छिप्पट तर अस्तित्वहीन बन्न पुगेको एसडिएफ पार्टीका नाइकेसित बिकास विषय तुलनात्मक तर्क गर्न पछि हटेको छैन भन्ने बिश्वास दिलाउन चहान्छ । अरुको बुइ , भरोसा र काँधमा बन्दुक राखेर पड्काउन आदत बनाएका पवन चाम्लिङले आफ्नो इतिहास बिर्सेर अरुको वर्तमान खोतल्न भन्दा एकपटक आफ्नै आङ कन्याएर हेरुन भन्ने प्रवक्ता शर्माले सल्लाह दिएका छन् । सहाराहीन नारा र अर्थहीन सपना बोकाएर गरिएको एसडिएफको राजनीति अब बुढो राजनीति बन्न पुगेको छ । आज जसरी पुर्व बिभाजित जातहरु एकत्रित हुँदैछन् , त्यहीँ गाउँमा गएर पुनः जात र धर्मको भ्रामक राजनीति गर्न एसडिएफ पार्टी र नाइके लागेकाले जनता होशियार रहनुपर्छ । हामी फेरि फुट्नु हुँदैन । अनावश्यक अनर्गल अलापेर जनताको मन भत्काउने एसडिएफको राजनीति केवल सत्ताको राल काड्न व्यस्त छ । सबै प्रयासहरु लगाए पनी अस्पतालका डाक्टरहरुले पवन चाम्लिङको बिश्वास बन्न सकेनन ।सिस्टर र स्वस्थ बिभागका कर्मचारीहरू एसडिएफ शासनकालभरी नै पवन चाम्लिङको भाषण सुन्ने यंत्र मात्रै बने , मान र मूल्यांकन कहिल्यै हुन सकेन ।
यसर्थ , एसडिएफले पच्चीस वर्षभरी बनाएको हाँडी जनताले देखेका छन ।अनुभव गरेका छन , कत्तिको मजबुत छ भनेर । आफ्नो हाँडी आफैं सकाएर फुर्किन पल्केका एसडिएफ नाइकेले एकपटक त्यो अहंकारको हाँडी भुइँमा खसालेर हेरुन भन्ने सुझाव छ भनी प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सि पी शर्मा
प्रवक्ता एवं साहित्य प्रभारी
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी